बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

फाइल तस्बिर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा विघटनविरुध्दको रिटमा सर्वाेच्चमा सुनुवाइ जारी रहँदा राष्ट्रपतिलाई भेट्न ओली शीतल निवास पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।  राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता सकिएलगत्तै अर्काे बैठक सुरु भएको छ। 

‘राष्ट्रपति ज्यु र प्रधानमन्त्री ज्युको भेट सकिने बित्तिकै अर्काे बैठक सुरु भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। अहिले जारी बैठकमा राजनीतिक सल्लाहकारसहितका व्यक्तिहरु सहभागी छन्।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता बाक्लिएको छ।