यो हो भूतपोखरी

दोलखा : नामै कालोपोखरी । गाउँहरुले यसलाई भूतपोखरी पनि भन्छन् । टाढाबाट हेर्दा पोखरीको पानी कालो देखिन्छ । मान्छेहरु पानी नै कालो हो कि भनेर झुकिन्छन् । तर, कालोपोखरीको पानी अंजुलीमा भर्दा कञ्चन लाग्छ ।
दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सीमा क्षेत्र जट्टापोखरी र पाँचपोखरीले चिनिन्छ । तर, कालोपोखरी न चिनिएको थियो, न यसलाई धेरैले देखेका थिए ।
जट्टापोखरी र पाँच पोखरी विशेष गरी जनै पूर्णिमाको दिनमा ठूलो मेला भर्नका लागि वार्षिक १० औं हजार तीर्थालुहरु पुग्छन् । तर, त्यसको पश्चिमपट्टि रहेको कालोपोखरीको बारेमा धेरैलाई जानकारी थिएन ।
गौरीशंकर गाउँपालिकाको पर्यटकीय गन्तव्यको खोजीका क्रममा कालोपोखरी अर्थात् भुतपोखरी फेला परेको हो । गौरीशंकर गाउँपालिकाको ६ हुलाकबाट जटापोखरी, पाँचपोखरी हिडेको गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काको नेतृत्वको टोलीले पोखरी फेला पारेको हो । धार्मिक तथा पर्यटकीय रुपमा यो पोखरी अत्यन्तै महत्वपूर्ण हुने अध्यक्ष खड्काले बताए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_oYkevgXlYB_mkw3wpyxfmjtb0sypfdjos28ezquptv54iewrpzjr3gfskc7c71qcsglddbl.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_2S6rAQGZsS_axrvzmiwag4eefrqhkiompc7y5yzuf5c1zyeddv3yqjzxnkp8v9xw40be9nz.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया