बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

केपी प्रवृत्तिको 'मेजर अप्रेसन' गरिहाल्नु पर्ने देखियो : दाहाल

काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली प्रवृत्तिको मुख्य सल्यक्रिया गर्न ढिला गर्न नहुने बताएका छन् । नेपाल युवा संघको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले नेकपामा ओली प्रवृत्तिको संक्रमण नफैलियोस् भनेर विद्रोह थालेको बताएका हुन्।  

‘हामी जन्त जाँदा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने खालका होइनौँ, केपी ओलीको प्रवृत्ति हामीमा छैन । तपाइँलाई विरोध गरेको मात्रै होइन हामी भित्र पनि सर्छ कि भनेर डराएको हो । तपाइँको रोगको मेजर अपरेशन गर्न पर्ने देखियो,.तपाइँविरुद्ध संघर्ष गर्नु परेको हो । पहिले केपी प्रवृत्तिको अपरेशन गर्नुपर्नेछ । ’