नेकपामा विवाद विधि र पध्दति मान्ने र नमान्नेबीच विवाद देखियो : पुन

दाङ : नेकपा (दाहाल-नेपाल समूह)का स्थायी समिति सदस्य वर्षमान पुनले पुष्पकमल दाहाल र माधवकुमार नेपालले ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन् ।
दाङको तुलसीपुरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलामा पुनले नेकपा विवाद अमुक नेताहरूबीच पदीय भागबण्डा वा सुख सुविधा प्राप्तिको झगडा नभइ विचार, सिध्दान्त, विधि र पध्दति मान्ने र नमान्नेबीचको लडाईं भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले गत जेठमै प्रतिनिधि सभा विघटनको तयारी गरेपछि दाहालले संसद्को पाँच वर्षे कार्यकाल मध्ये आधा-आधा अवधि सरकारको नेतृत्व गर्ने लिखित सहमतिबाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबध्दता जनाएको दाबी पुनले गरे ।
‘ओली गुटले केही नेताहरूको मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको छ’ पुनले भने, ‘पदावधिका आधारमा आधा आधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति पनि गरेका थियौं । तर, केपी ओलीले विचार, सिध्दान्त, विधि र पध्दतिका लागि भएको लडाईंलाई ओली-दाहालको लडाई, ओली-नेपालबीचको लडाईं भन्ने जस्तो बनाएपछि दाहालले तपाईं नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस् । पार्टी अध्यक्ष पनि तपाईं नै हुनुस् । कार्यकारी अधिकार मलाई दिनुस् म पार्टी अगाडि बढाउँछु भन्ने प्रस्ताव गर्नुभयो ।’
पुनले ओलीले जनतामा गरेका प्रतिबध्दता र बाचामाथि विश्वासघात गरेको भन्दै ओलीसँग आफूहरूको जिम्मेवारी र विचारको लडाईं रहेको उल्लेख गरे ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया