नदीमा डुबेर दुई बालकको मृत्यु

चितवन : नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकासचोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन् । अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको छैन ।
स्थानीयवासीले डुबेको अवस्थामा फेला पारी उद्धार गरी भरतपुर अस्पताल ल्याएका थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरु नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए । रासस

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_vl8DQYmv5L_fxjq0jnrcpbm2kwsvuwfdk2qdgjtianp1rk10cydzmwbecppyn2haug1n5l2.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

प्रतिक्रिया