सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

चूडामणि र भूषणलाई दधिराज पुरस्कार

 

काठमाडौं– दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने एकाउन्न हजार  राशीको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७८’ भाषाविद चूडामणि बन्धू र वरिष्ठ पत्रकार भूषण दाहालाई प्रदान गरिने भएको छ।

लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा दिएको योगदानका लागि भाषाविद चूडामणि र राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७८’ टेलिभिजन पत्रकार तथा प्रस्तोता र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ पत्रकार दाहाललाई प्रदान गर्ने निर्णय गरिएको हो ।

यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा.गोविन्दराज भट्टराई , प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल , डा. विष्णुविभु घिमिरे र एस्पी कोइराला त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिवहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई प्रदान, गरिएको थियो। 

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.पन्द्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ। 
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी चैत महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने भएको छ ।