निकुञ्जका बासिन्दालाई सेनाको सचेतना कक्षा

कञ्चनपुर : कञ्चनपुरमा रहेको देवीदल गणले शुक्लाफाँटा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका स्थानीय बासिन्दालाई सचेतनामुलक कक्षा दिएको छ । प्रकृति संरक्षण तथा पर्यावरण संरक्षण सम्बन्धी विविध विषयहरुमा सेनाले स्थानीय बासिन्दालाई सचेतनामुलक कक्षा दिएको हो ।
शुक्लाफांटा उपभोक्ता समितिको सभा हलमा सञ्चालन भएको कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, सामाजिक विकास सेवा केन्द्र नेपालका सचिव, जनसरोकार युवा मञ्चका अध्यक्ष, कार्यालयका अधिकृत, आदिवासी महिला समुहका सदस्यहरु तथा स्थानीय बासिन्दाहरु सहित ३५ जनालाई सचेतना कक्षा दिइएको सेनाले जनाएको छ ।
यस प्रकारका सचेतनामूलक कार्यक्रमहरुले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरु तथा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरुबीच आपसी विश्वास एवं सम्बन्ध बलियो भई निकुञ्जभित्र चोरी निकासीमा कमी आउने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया