स्काउटको तदर्थ समिति खारेज गर्न माग

काठमाडाैँ- नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ । स्काउट बचाउ अभियानले आज पत्रकार सम्मेलन गरी ६ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सहप्रमुख पुष्पलता भट्टराईले वर्तमान तदर्थ कार्यसमितिले स्काउटको मूल्य र मान्यताविपरीत काम गरेको आरोप लगाए ।
'स्काउटको मूल्य, मान्यता र तालिमको मर्मविपरीत राजनीतिमा सक्रिय राजनीतिक दलका कार्यकर्तालाई मात्र तालिम दिइएको छ, यस्तो तालिम प्रभावकारी भएको देखिँदैन,'– उनले भने । स्काउटको केन्द्रीय कार्यालयलाई राजनीतिकको भर्तीकेन्द्र बनाइएको र नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरिएकामा आपत्ति समेत जनाएको थियो । रासस

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_UuhOKv4Yef_druov86iiaf83mmh6ri75lnpoajqcgahqipofvbcapgmgyp7sjwn9trr3rk5.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

प्रतिक्रिया