घाइते चितुवाको उद्धार गरि उपचारकालागि पठाइयाे

इलाम- इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । माइजोगमाई–६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो ।
एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई जानकारी गराएपछि त्यहाँको आएको टोलीले गएराति ती चितुवालाई उद्धार गरी डिभिजन वन कार्यालय इलाममा ल्याएको थियो ।
घाइते चितुवाको उपचार, पुनःस्थापनाका लागि कोसीटप्पु वन्यजन्तु आरक्षमा पठाइएको जिल्ला वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए । उनका अनुसार चितुवाको शरीरमा घाउसमेत देखिएको बताइएको छ । मानिसले नै घाइते बनाएको वा अन्य वन्यजन्तुले घाइते बनाएको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया