प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग
काठमाडौँ- नेपाल बार एसाोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ ।
एसोसिएसनको अखिल नेपाल कानुन व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले राणामाथि लगाइएको महाअभियोगको प्रस्तावलाई स्वागत गर्दै प्रस्तावमाथि यथाशिघ्र कारबाही प्रारम्भ गरी पारित गर्न माग गरेको हो ।
राणाको बहिर्गमन नै न्यायपालिकाको सुधारको सम्पूर्ण आधार नभएको र केबल सुधारको प्रस्थान विन्दुमात्रै भएको बारको भनाई छ ।
घोषणा पत्रमा अदालतमा व्याप्त भ्रष्टाचारको निर्मुलका लागि अन्य भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा परी न्यायमा विचलन ल्याउने भनि शंकास्पद भूमिका देखिएका सर्वोच्च तथा अरू अदालतका न्यायाधीशहरूको सम्बन्धमा समेत छानबिन प्रक्रिया अघि बढाएर कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
त्यस्तै न्यायाधीश र अदालतको अधिकृतको रूपमा सहयोग पु¥याउने कानुन व्यवसायी समेतलाई पदक दिने र लिने कामलाई निरूत्साहित गर्नुपर्ने बारले जनाएको छ । पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणाविरूद्धको महाअभियोगको प्रस्ताव अघि बढाउनका लागि प्रस्तावक र समर्थकसंग छलफल गरेको र यसलाई अघि बढाइने जानकारी पाएको बताए ।
उनले प्रधानन्यायाधीश राणा निलम्बित भएपछि संवैधानिक इजलास पुन सुचारु हुने र न्यायलयको अन्य सुधारका काम सुरु भइसकेको बताए ।
सम्मेलनले न्यायपालिकामा रहेको विकृती, विसंगती र भ्रष्टाचार निर्मुल गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तयार गरिएको प्रतिवेदन कार्वान्वयन गर्न पनि आह्वान गरेको छ ।
अदालतमा नियुक्त भएका सबै तहका न्यायाधीश,न्याय परिषद्का सदस्यहरू एवं उनीहरूको परिवार सदस्यहरूको सम्पत्ती वार्षिक विवरण दाखिल एवं सार्वजनिकिकरण गर्नुपर्ने भनिएको छ । हरेक तीन वर्षमा आयोजना हुने सम्मेलनले यसपटक ‘कानुनी शासन र संवैधानिक सर्वोच्चताः व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ विषयमा छलफल गरेर घोषणा पत्र जारी गरेको हो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया