काठमाडौँ फर्कनुअघि भारतीय रक्षामन्त्री सिँहसँग ज्ञवालीको भेटवार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ फर्कनुअघि भारतीय रक्षामन्त्री राजनाथ सिँहसँग भेटवार्ता गरेका छन् । भारतीय जनताका पूर्वअध्यक्षसमेत रहेका सिँह नेपाल मामिलाबारे जानकार व्यक्ति समेत हुन । सिँहले नेपाल र भारतको सम्बन्ध राम्रो रहेको र यसलाई थप उचाईमा पुर्याउनुपर्ने बताएका थिए ।
भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले रक्षामन्त्रीसँग भेटवार्ता गरेर फर्कदै छौँ भन्दै भने, ‘प्रधानमन्त्रीलाई भेटेको भए उहाँको कुरा हो । मसहित भएर रक्षामन्त्रीसँग भने कुराकानी भएको छ ।’
ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन प्रधानमन्त्रीको दूतको रुपमा दिल्ली गएका हुन । यद्यपि यो भ्रमणलाई नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठकको श्रृखलाको रुपमा लिइएको छ । बैठक तीन घण्टा बाहेक अन्य समय उनले राजनीतिक भेटघाटमा नै बिताएका थिए ।
राजनाथले नेपाली भूभागमा भारतले तिब्बत जोड्न बनाएको सडकको उदघाटनपछि सम्बन्ध चिसिएको थियो । यही चिसिएको सम्बन्धपछि नेपालको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनले यसअघि नै विदेशमन्त्रीसँग एक्लाएक्लै र संयुक्त आयोग बैठकमा सामुहिक छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया