मिथिलाको महाकुम्भ मध्यमा परिक्रमा सुरु

जनकपुरधाम- मिथिलाको महाकुम्भकाे रूपमा परिचित १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। बिहीबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै प्रत्येक वर्ष झैं मिथिला मध्यमा परिक्रमाको सुरु भएको हाे ।
जनकपुरधामस्थित अग्निकुण्ड स्थित मन्दिरबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारीस्थित मन्दिरबाट भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ । मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमा गर्ने गरिन्छ ।
नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा मानिएकाे छ । यस अवधिमा नेपाल भारतका १५ वटा धार्मिक स्थलकाे भ्रमणसहित १ सय ३३ किलाेमिटर लामाे दुरीकाे श्रद्धालु भक्तजनहरूले पैदल यात्रा गर्नेछन् ।
बिहीबार कचुरीबाट निस्केको परिक्रमामा सहभागीहरु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगि विश्राम गर्नेछन् । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर शुक्रबार भारतको कल्याणेश्वर जानेछ ।
हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुनेछ । नेपालको धार्मिक ऐतिहासिक धार्मिक स्थलहरुको १ सय ७ र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटर भू–भागको यात्रा गर्नेछ।
मध्यमा परिक्रमाकाे अन्तिम दिन फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा अर्थात जनकपुरधाम नगरकाे ५ किलाेमिटर दुरीकाे परिक्रमा गरि सम्पन्न हुनेछ । अन्तगृह परिक्रमालाई पंचकाेशी परिक्रमा समेत भन्ने गरिन्छ ।
मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमा गर्ने गर्छन । पछिल्लो दुई वर्षदेखि कोरोना भाइरसको कारण मिथिला मध्यमा परिक्रमा प्रभावित हुँदै आएको थियो । तर यसपटक अत्यधिक श्रद्धालु सहभागी भएका छन् ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ। पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ। परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया