रत्नराज्य क्याम्पसमा नेपाल भाषाकाे पढाई हुने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ ।
बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाखको चेक हस्तान्तरण गरे । गएको कात्तिक १६ गते बसेको कामपाको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख उपलब्ध गराउने निर्णयअनुरुप बुधबार उक्त रकम उपलब्ध गराएको हो ।
'आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेपछि यसलाई माथिल्लो तहसम्म पुर्याउन हामीले लगानी गरेका हौँ', प्रमुख शाक्यले भने । नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन् । 'विगत केही वर्ष सञ्चालन भएका कक्षापछि विद्यार्थी नभएपछि कार्यक्रम रोकियो, तीन वर्षअघि २५ विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने माग राख्नै निवेदन दिएका थिए', क्याम्पस प्रमुख ज्ञवालीले भने ।
अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, दुई शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ । रासस

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया