३५ सय घुस लिएपछि बाराका वडासचिव भ्रष्टाचार मुद्दाको फन्दामा

काठमाडौं : बारा जिल्ला कोल्वहवी नगरपालिका–११ का वडासचिव ३५ सय रुपैयाँ घूस मुद्दाको फन्दामा परेका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
वडा सचिव (नासु) विनोदप्रसाद साहले जग्गा नामसारी सिफारिसका आएका सेवाग्राहीसँग ३५ सय घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि आयोगले बुधबार साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो । उनलाई गत माघ २० मा घूससहित पक्राउ गरिएको थियो ।
अनुसन्धानबाट वडा सचिव साहले जग्गा नामसारी सिफारिस प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएको प्रमाणित भएको दाबी आयोगको छ । आयोगले वडासचिवसँग ३५ सय बिगो कायम गरी मुद्दा चलाएको हुँदा जरिवाना, सजायको माग गरेको छ । उनीविरुद्ध मुद्दा चलाएसँगै साह स्वतः निलम्बनमा पर्नेछन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया