आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल

फाइल फोटो

काठमाडौँ : सरकारले विशेष अदालतको अध्यक्षमा न्यायाधीश श्रीकान्त पौडेललाई पदस्थापन गरेको छ । पाटन उच्च अदालतका न्यायाधीश पौडेललाई सोमबारको मन्त्रिपरिषद् बैठकले विशेष अदालको अध्यक्षमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

न्याय परिषद् बैठकले यसअघि नै सिफारिस गरेपनि मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै पदस्थापन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार लगायत मुद्दामा अनुसन्धान गर्ने विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणले दर्ता गरेका मुद्दा बढी हेर्ने गर्छ ।