लडाकु विमानबाट खार्किभमा गोलाबारी हुँदा २१ जनाको मृत्यु

युक्रेन- युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले गरेको गोलाबारीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
तर खार्किभ क्षेत्रका गभर्नरले भने रुसले गरेका सबै आक्रमणहरूको प्रतिकार गरिएको दाबी गरेका छन् ।
बीबीसीका अनुसार रुसले खार्किभमा मङ्गलवार र रातभरि ठूलो आक्रमण गरेको थियो । गभर्नर ओले सिनेगुबोभले "शत्रुको पक्षमा ठूलो क्षति" भएको बताएका छन् ।
रुसले लडाकु विमानबाट गोलाबारी गरेको थियो भने सैनिकहरू खार्किभका उत्तरी र पूर्वोत्तर भागबाट सहरभित्र प्रवेश गरेका थिए ।
एउटा स्थानीय समाचारसंस्थाका अनुसार खार्किभस्थित क्षेत्रीय प्रहरी विभागको एउटा भवनमा रकेट आक्रमण गरिएको छ ।
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

प्रतिक्रिया