रसिया-युक्रेनयुद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्के
'नेपालीलाई सुरक्षित स्थानतर्फ पुर्याउन सहजीकरण गरिरहेको छु'
काठमाडौँ- रसिया-युक्रेनको युद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्किसकेका छन् । दुई जना चिकित्सकसहित रसिया-युक्रेन युद्ध सुरु भएपछि नेपाल आएका हुन् ।
केही दिन यता निरन्तरको गोला बारुदपछि त्यहाँ रहेका नेपाली नागरिक त्रासमा रहेका उद्धारका लागि आव्हान गरिरहकेका छन् । विभिन्न मुलुकको बाटो प्रयोग गरी उनीहरू स्वदेश फिर्ता भएका हुन् ।
हंगेरी र रोमानीया हुँदै स्वदेश फर्किसकेको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले इकागजलाई जानकारी दिए । अहिलेसम्म सम्पर्क आएकामध्ये पाँच जना स्वदेश फर्किसकेको उनले बताए ।
हालसम्म दूतावासको सम्पर्कमा ३५४ जना नेपाली आइसकेका छन् । 'पोल्याण्डको वार्सातर्फ ४८ नेपाली पुगिसकेका छन्,' अलपत्र नेपालीको उद्धार गर्न पोल्याण्डको सिमाना पुगेका राजदूत खड्काले भने,' अहिले सम्मको अवस्था याे छ । यसबारेमा थप जानकारी लिन सुरक्षित ठाउँमा पुर्याउँन सहजीकरण गर्न म आफैँ आएको छु ।'
दुःख, कष्ट र मेहनत गरेर बोर्डर आइपुगेकालाई सुरक्षित स्थानतर्फ पुर्याउनक लागि सहजीकरण गरिएको सिमानाको होटलमा रहेका राजदूत खड्काको भनाइ छ । तीन नेपाली सोल्भाकियातर्फ पुगिसकेको उनले बताए ।
हालसम्म विभिन्न मुलुकमा ३ सय तीन जना पुगिसकेका छन् । स्वदेश फर्कन चाहने थोरै नेपाली रहेको उनले सुनाए । स्वदेश जान चाहनेलाई विभिन्न माध्यमबाट व्यवस्था गरिने उनको भनाइ छ ।
'धेरै नेपालीहरूले स्वदेश फर्कन चाहेका छैनन,' राजदूत खड्काले भने,' युद्ध ग्रस्त मुलुकबाट सुरक्षित स्थानमा पुग्दा पनि स्वदेश नफर्कनुमा उनीहरूको इच्छामा निर्भर हुन्छ । केहीले स्वदेश फर्कन चाहे पनि गम्भीरताका साथ चासो लिएका छैनन् ।'
सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका लाई पुटिनले डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका थिए ।
स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाएपछि युद्ध सुरु भएको हो ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया