कांग्रेसले आज देशभरका पालिकामा प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो ।
पुस १९ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध लगातार तीन दिनसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले माघ ३ गते शुक्रबार ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।
यस्तै माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ । पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले पुस १३ गतेयता चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
यसैबीच सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्तीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वकोे सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको घटनाविरुध्द हुने विरोध प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।
पार्टीका सबै नेता–कार्यकर्ता, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध एकजुट हुन देउवाले आव्हान गरेका छन् । पार्टीको सबै तहका साथीसंगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’ सभापति देउवाले भनेका छन् ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया