'केही रुसी सैनिकले आत्मसमर्पण गरे'

अमेरिका- अमेरिकी रक्षा अधिकारीहरूले युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गति धीमा भएको र उसका केही सैनिकले आत्मसमर्पण पनि गरेको बताएका छन् । तर सङ्कट अझै गम्भीर रहेको भन्दै उनीहरूले सचेत गराए ।
बीबीसीका अनुसार रुसी अतिक्रमणबारे आफ्नो ताजा विश्लेषणमा अमेरिकी रक्षा मन्त्रालयले लडाईँको छ दिनसम्ममा पनि रुसी फौजले युक्रेनी आकाशमाथि नियन्त्रण कायम गर्न र महत्त्वपूर्ण संरचनालाई निशाना बनाउन नसकेको जनाएको छ ।
उहादरणको रूपमा उसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ र दक्षिणी बन्दरगाह मारिओपोललाई उल्लेख गरेको छ ।
तर नजिकका दुई शहर बेर्डियान्स्क र मेलिटोपोलमाथि नियन्त्रण गर्न चाहिँ रुसी फौज सफल भएको पेन्टागनले जिकिर गरेको छ ।
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

प्रतिक्रिया