युक्रेनसँगको सीमामा बेलारुसले सेनाको संख्या दोब्बर बनाउने

बेलारुस- बेलारुसले युक्रेनसँगको सीमामा सेनाको संख्या दोब्बर बनाउने भएको छ । बेलारुसले युक्रेनसँगको दक्षिणी सिमानामा आफ्नो सेनाको संख्या दोब्बर बनाउने भएको हो ।
'सीमामा रहेका पाँच वटा रणनीतिक बटालियन समूह आगामी दुई दिनमा १० पुग्नेछ' राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले भने ।
'यी उच्च प्रशिक्षित मोबाइल समूहहरू हुन् जुन बेलारुसविरुद्ध कुनै पनि उत्तेजना र कुनै पनि सैन्य कारबाही रोक्न तयार छन्,' उनले आफ्नो सुरक्षा परिषदलाई भने ।
बीबीसीका अनुसार लुकासेन्कोले यो परिचालनलाई निवारक कार्य भनेका छन् । जसले 'देशमा युक्रेनी कट्टरपन्थी र हतियारको प्रवेशलाई रोक्न मद्दत गर्छ'।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया