मेचीनगरले गर्यो सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी

काठमाडाैँ – मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको छ । नगरको पूर्वी सीमा क्षेत्रको अनुगमनका क्रममा ७३ वटा सीमास्तम्भ हराएको पाइएको नगरप्रमुख विमल आचार्यले बताए।
मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ । सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ । सिमानामा मेची नदी रहेको छ । सो क्षेत्रमा नेपाल र भारतलाई छुट्याउने २२१ वटा सीमास्तम्भ स्थापना गरिएका थिए । अनुगमन गर्दा १४८ स्तम्भ मात्र फेला परेको नगरप्रमुख आचार्यले जानकारी दिए ।
नगरपालिकाले सोमबार जनप्रतिनिधि, सशस्त्र प्रहरी र सञ्चारकर्मीसहितको टोली लिएर भारतसँगको सीमा अनुगमन गरेको थियो । सीमा क्षेत्रको वर्तमान अवस्था र हराएका सीमास्तम्भका बारेमा नेपाल सरकारलाई जानकारी गराइने उनले बताए।
मेची नदीमा आएको बाढी वा अरु के कारणले सीमास्तम्भ हराएका हुन् भनेर नेपाल सरकारले नै खोजी गर्नुपर्ने स्थानीय जनप्रतिनिधि बताउँछन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया