युक्रेनको राजधानीमा लक्षित हमला गर्न लागेको रुसको चेतावनी
काठमाडौं - रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा 'लक्षित हमला' गर्न लागेको जनाएको हो ।
मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ । यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया