कांग्रेसले सराङपाडाका एक अशक्तको घर बनाइदिने
दमक : नेपाली कांग्रेसले कमल गाउँँपालिका–१ सराङपाडा बस्ने एक अशक्तको परिवारलाई घर बनाइदिने भएको छ । लामो समयदेखि त्यहाँ बस्दै आए पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका बोल्न नसक्ने दीनानाथ न्यौपानेलाई कांग्रेसको अगुवाइमा घर निर्माण गरिदिने भएको हो ।
निर्माण हुने घरको एक कार्यक्रमबीच कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शिलान्यास गर्नुभयो । कमल–१ का वडाध्यक्षसमेत रहनुभएका कांग्रेस कमलका उपसभापति केदार कटुवालका अनुसार अतिविपन्न आर्थिक अवस्था भएका न्यौपानेको घर निर्माण कार्य सुरु गरिएको छ ।
दुई कोठे पक्की आवासगृह बनाउन रु पाँच लाख लाग्ने अनुमान गरिएको छ । ओत लाग्न समस्या झेल्दै आएका न्यौपाने परिवारको दैनिक जीवनयापन सहज बनाउन घर निर्माण सुरु गरिएको उनले बताए ।
घर निर्माण गर्न कांग्रेस महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीले रु एक लाख ११ हजार १११ सहयोग दिएका छन् । कांग्रेस कार्यकर्ता, शुभेच्छुकको सहयोग जुटाएर घर निर्माण सम्पन्न गरिने बताइएको छ । रासस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया