अफगानिस्तान र इराकमा अमेरिकी सेनाको उपस्थिति न्यून बनाइयो

वासिङ्टन : अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ ।
दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो ।
अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भूभागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो । तर यो सङ्ख्या अफगानिस्तान र इराक दुबै मुलुकमा दुई दशककै सबैभन्दा न्यून सैनिक सङ्ख्या हो ।
अफगानिस्तानमा तालिवान विद्रोहीसँग शान्तिका लागि सम्झौता भइसकेको भन्दै सेनालाई घटाएको हो भने इराकमा पनि स्थिति सामान्य रहेको अमेरिकी राजनीतिक नेतृत्वको ठहरपछि सैनिक सङ्ख्या घटाइएको हो । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया