भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित, १९ जनवरीमा फेरि वार्ता हुने

नयाँ दिल्ली : भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ ।
कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका थिए ।
सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवौँ पटक वार्ता भएपनि सहमति हुन नसकेको हो ।
शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ ।
किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।
आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए ।
'आज कुनै सहमति हुन सकेन, त्यसैले हामी फेरि यही जनवरी १९ तारिखको मध्यान्ह १२ बजे भेट्नेगरी छुट्टिएका छौँ,' शुक्रबार उनले भने ।
भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत प्रदर्शन गरेका थिए ।(पिटिआई)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया