मनाङ जोड्ने एक मात्रै सडक दुई साता बन्द हुँदै
लमजुङ- बेँसीसहर–चामे सडक दुई साता बन्द हुने भएको छ । मनाङतर्फ तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि २० फागुनदेखि ५ चैतसम्मका लागि सडक बन्द हुने मनाङ प्रशासनले जनाएको छ । याे मनाङ जोड्ने एक मात्रै सडक हाे ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएकाले सडको विकल्प नहुँदा सडक बन्द गर्नु परेको बताए । उनले भने, 'गत असारमा आएको बाढीले तिमाङ छ्हराको काठेपुल बगाएको थियो ।'
बाढीपश्चात राखिएको काठेपुल पनि जीर्ण भएकाले ढलानसहितको कल्भर्ट निर्माण गर्न लागिएको हो । बेँसीसहर चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया