पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसियो

मस्को- युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो ।
‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ ।
युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुता विरुद्धमा रहेको पनि महासंघले जनाएको छ । ‘यस सन्दर्भमा विश्व तेक्वान्दोले राष्ट्रपति भ्लादमिर पुटिनलाई सन् २०१३ को नोभेम्बरमा प्रदान गरेको मानार्थ नवौं डान ब्ल्याक बेल्ट पदवी फिर्ता लिने घोषणा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
रुस र बेलारुसमा तेक्वान्दो आयोजना नगर्ने र त्यहाँ मान्यता नदिने पनि महासंघले जनाएको छ । उसको घोषणलााई सामाजिक सञ्जालका प्रयोगकर्ता र तेक्वान्दोप्रेमीले अभ्यासकर्ताले स्वागत गरेका छन् ।

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

प्रतिक्रिया