दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटिएको जानकारी

जकार्ता : इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् ।
इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो । उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको ५६ यात्रु र छ चालक दलका सदस्य रहेका थिए ।
'तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हामी अब तथ्याङ्कको जाँच गरिरहेका छौं,' राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सोरजान्टो तजाहोनोले एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।
यस रेकर्डरले विमानको गति, उचाई र दिशाको बारेमा जानकारी समावेश गरेको छ । शनिवार इनडोनेसियाको राजधानी जकार्ताको पानीमा दुर्घटना हुनुभन्दा अघि विमानले एक मिनेट भन्दा पनि कममा आकाशबाट १० हजार फिट ( तीन हजार मिटर) तल समुद्रमा खसी डुब्नुको कारणबारे महत्वपूर्ण सङ्केत दिन सक्छ । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया