शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

युक्रेनमा रहेका आफ्‍ना नागरिकलाई स्वदेश फर्काउँदै चीन

युक्रेन- चिनियाँ दूतावासले युक्रेनमा रहेका आफ्‍ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । रूसको आक्रमण धेरै खराब हुन थालेपछि युक्रेनमा रहेको चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न थालेको छ ।

चिनियाँ विद्यार्थीहरू किभबाट मोल्डोभा जाँदै गरेको बीबीसीले जनाएको छ । चीनले आफ्ना नागरिकहरूलाई मात्रै निकालिरहेको छ भन्ने तथ्यको अर्थ धेरै कुरा हुन सक्‍ने बीबीसीले जनाएको छ ।