अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको हतियार पठाउने

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता पठाउने भएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले ५ करोड डलर बराबरको घातक तथा गैर घातक सहायता पठाउने बताएका हुन् ।
‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ' उनले भने ।
तर ‘रुसलाई त्यसबारे पूर्व सूचना’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ । मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए ।

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु

प्रतिक्रिया