यस्तो छ आजको मौसम

काठमाडौँ- आज मंगलबार देशभर मौसम अनुकूल रहने आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलो वर्षाको सम्भावना छैन ।
दिउँसाे पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना भने रहेको छ ।
राति गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया