तुलसीपुर उपमहानगरमा तीन कार्यपालिका सदस्यको पद रिक्त

तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उहाँहरूको पद रिक्त भएको जनाएको छ ।
कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरूले तीनै जना नेकपा (एकीकृत समाजवादी) पार्टी आवद्ध हुनुभएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताए ।
उनीहरूमध्ये कुमालले पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आवद्ध भएका थिए । उनी हाल सो पार्टीका तुलसीपुर नगर सदस्य हुछन्। रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_5kGXWGJFmW_cc5hxcese2nj2rimysgxnb2atfzyxlsci3vhl53xde2o7inrko76y4afckm8.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_UJZ6gywuB1_a89goy5adduiiwkedqjkyjfg7poqh9sfiu0gynecuf5s0r5dllhaxrajprwu.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया