दाहाल समूहको निर्णय : ओलीलाई स्पष्टीकरण सोध्ने, विष्णु पौडेललाई कारबाही

काठमाडौं : नेकपा पुष्पकमल दाहाल-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
ओलीले पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको बैठकको ठहर छ । प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै प्रचण्ड नेपाल पक्षले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो ।
बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताए । बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ ।
त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताउनुभयो । देशका अन्य भागमा यसअघि नै तय भएको बिरोध कार्यक्रमलाई शसक्त ढंगले अघि बढाउने उनले जानकारी दिए । बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँच बुँदे प्रस्ताव पनि पारित गरेको छ ।
प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिइएको छ ।
त्यस्तै भारतीय मिडीया जी न्युजलाई अन्तर्वार्ताका साथै सगरमाथाको भ्रमणको प्रवन्ध गराइनुका साथै सगरमाथाको नाम परिवर्तन गर्ने अभियाननै चलाउदा पनि सरकार मौन रहेको भन्दै बैठकले भत्र्सना गरेको रावलले बताए ।
त्यस्तै सरकारले सरकारी साधन र श्रोतहरुको दुरुपयोग गरिरहेको, प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रुपमा सरुवा गर्ने काम गरिरहेको तथा सरकारी सञ्चार माध्यमहरुलाई लोकतन्त्रको मूल्यमान्यता बिपरित सञ्चालन गरेको भन्दै स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन पनि बैठकले माग गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया