पशुपतिमा बढ्यो चहलपहल

काठमाडाैँ – शिवरात्रीको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । महाशिवरात्रिको अघिल्लो दिन अघिपछि भन्दा भक्तजन र साधुसन्त तथा बाबाहरुको उपस्थिति बढी देखिएको हो ।
शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ । यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ। यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । उनले आजसम्म लगभग १५ हजार जना साधुसन्त आइसकेको र यो संख्या भोलिसम्म ५० हजारसम्म पुग्ने क्षेत्रविकास कोषको अनुमान रहेको बताए । त्यस्तै १० लाख दर्शनार्थीहरुले शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्ने पनि उलले बताए ।
कार्यकारी निर्देशक खतिवडाले भने, ‘काम ९५ प्रतिशत सकिसकेको छ, भोलिसम्म नै काम भइरहन्छ, अहिलेसम्म १५ हजार लगभग साधुसन्तहरु आइसकेको र यो संख्या ५० हजारसम्म पुग्ने अनुमान रहेको छ, त्यस्तै १० लाख भन्दा धेरै भक्तजनहरु दर्शनका लागि आउने अनुमान गरेका छौँ भने ट्राफिक व्यवस्थापन पनि हामीले गरेका छौँ । भोलि चाबहिलदेखि एयरपोर्टसम्म नै यातायात अवरुद्ध हुन्छ ।’
क्षेत्र विकास कोषले अहिलेसम्म भोलि महा शिवरात्रीका लगभग सबै काम सकिएको बताएको छ । महाशिवरात्रीका लागि पशुपति परिसर फूलमालाहरुले सजाइएको छ भने झिलीमिली बत्तीहरुले झकिझकाउ बनाइएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया