यातायात व्यवस्था कार्यालय दाङद्वारा २४ करोड बढी राजस्व संकलन

दाङ - यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरमा सात महिनाको अवधिमा २४ करोड बढी राजस्व संकलन भएको छ । कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रदीप खनालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा सवारी कर, रुट पर्मिट कर र अन्य सेवा सम्बन्धी करबाट २४ करोड ३३ लाख ४६ हजार ७ सय ७९ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । सबैभन्दा धेरै सवारी करबाट राजस्व संकलन भएको उनले बताए ।
गत साउनदेखि माघ मसान्तसम्म सवारी करतर्फ १९ करोड ८८ लाख ४५ हजार ७ सय ३७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै अन्य सेवा सम्बन्धी करतर्फ ४ करोड ३६ लाख ६३ हजार ३ सय १५ ७५ र रुट पर्मिटतर्फ ७८ लाख ३६ हजार ७ सय २७ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख खनालको भनाई छ ।
गत आर्थिक वर्षमा कार्यालयले ३२ करोड ९६ लाख ४४ हजार ४ सय २९ रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालय प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षको फागुन ११ गते सम्मको सवारी दर्ता विवरण अन्तर्गत मोटरसाइकल, स्कुटर र मोपेट गरी ७५ हजार ६ सय ५८ वटा सवारी दर्ता भएका छन् ।
यस्तै यो अवधिमा ट्याम्पु, बस, कार गरी १३ हजार ३ सय ८७ वटा सवारी दर्ता भएका छन् । चालु आर्थिक वर्षको फागुन ११ गतेसम्म दर्ता भएका सवारीको जम्मा संख्या ८९ हजार ४५ वटा रहेको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार नयाँ सवारी दर्ता गर्ने भन्दा नामसारी गर्नेको संख्या बढी रहेको छ ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया