हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभा- संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको तीन दिनपछि एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।
भोटखोला गाउँपालिका-२ रुकुमाकी ३४ वर्षीया भुद रिन्जिन भोटेलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।
सुत्केरीलाई व्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोटेले बताए । ३४ वर्षीया भोटे तीन दिन अघि सुत्केरी व्यथा लागेर रुकुमा सामुदायिक स्वास्थ्य इकाई भर्ना भएकी थिइन् ।
सामुदायिक स्वास्थ्य इकाईमा समेत उपचार हुन नसकेपछि चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा पठाइएको थियो । सुत्केरी भोटेको चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा लगिएको निमित्त प्रमुख भोटेले बताए ।
दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत भोटखोला गाउँपालिकाबाट एक महिनाभित्र तीन जना सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया