स्थानीय निर्वाचनका लागि सरकारलाई २४ बुँदे निर्देशन

काठमाडाैँ – निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका लागि सरकारलाई २४ बुँदे निर्देशन दिएको छ । सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै आवश्यक कर्मचारीको व्यवस्थाका साथै सुरक्षा लगाएतका २४ बुँदे निर्देशन दिएको जानकारी दिएको हो।
चैत १५ गतेअघि नै संघ परदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ । स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न निर्देशन दिएको उनले बताए ।
त्यस्तै त्यस्तै आयोगले मत्रपत्र छपाईका लागि आवश्यक पर्ने ७ सय मेट्रिक टन कागज खरिदका लागि सम्झौता गरेको प्रवक्ता पौडेलले जानकारी दिए। स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ८० वटा दलले दर्ता गराएको आयोगले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया