विवाह दर्तामा घूस लिने वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– विवाह दर्तामा सहजीकरण गर्न सेवाग्राहीसँग घूस लिने वडासचिव अख्तियार दुरुपयोग अनसुन्धान आयोगको भ्रष्टाचार मुद्दामा परेका छन् ।
आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ४ मा कार्यरत वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकविरुद्ध ३ हजार रुपैयाँ घूस लिएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा चलाएको हो ।
आयोगले वडासचिव सिद्दिकलाई गत पुस २ मा घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । राष्ट्रसेवक कर्मचारी सिद्दिकले सेवाग्राहीको विवाह दर्ता गर्ने कार्यमा आनाकानी एवं मोलाहिजा गरी घूस लिएको अभियोगमा मुद्दा चलाएको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, बिगो ३ हजार रुपैयाँ, जरिवाना, सजायको माग दावीसहित विशेष अदालतमा मुद्दा चलाएको हो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया