भारतमा परराष्ट्रमन्त्री ज्ञवालीलाई गिज्याएको एक तस्बिर

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई देशबीच सम्बन्ध सुधारका लागि तीन दिने भारत भ्रमणमा छन् । नेपाल-भारतको विवाद समाधानका लागि उनी बिहीबार भारत प्रस्थान गरेका हुन् । नेपाल-भारतको सीमा विवादलाई ज्ञवालीले कसरी प्रस्तुत हुन्छन् भन्ने आम नेपालीमा चासो थियो । भारतले आफ्नो दाबी गरेको तर पछिल्लोपटक नेपालले आफ्नो नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय परराष्ट्र मन्त्रीस्तरको बैठकमा टुंगोमा पुग्छ भन्ने आम अपेक्षा थियो । नेपालीको अपेक्षा हुनु स्वाभाविक नै हो, तर उनी शुक्रबार सहभागी भएको एक कार्यक्रमले नेपालीहरुलाई खल्लो बनायो ।
शुक्रबार इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (सप्रु हाउस)ले आयोजना गरेको कार्यक्रम सहभागी भएर ज्ञवालीले राम्रै मन्तव्य दिए । तर उनले मन्तव्य दिइरहँदा पछाडि राखिएको ब्यानरमा देखिएको नक्साले उनलाई गिज्याइरहेको थियो । उक्त नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भने गायब थियो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्सा राख्नुको सट्टा पुरानै नक्सा राखिएको थियो । कार्यक्रममा विज्ञ, विश्लेषक, सञ्चारकर्मीलगायतको सहभागी सो कार्यक्रममा उनले गर्वका साथ भने, 'भारतसँगको कनेक्टिभिटिले नेपाललाई भूपेरिवेष्ठितबाट भू-जडित बनाउन मद्दत पुर्याउने छ ।'
गत साउनमा सरकारले आफ्नो अद्यावधिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी गरे पनि हालसम्म त्यो हुन सकेको छैन । गत साउनमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अन्तर्राष्ट्रिय जगतमा पठाउनका लागि ४ हजारप्रति नक्सा छपाइ भइरहेको जानकारी दिएकी थिइन् ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् । संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।
२०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक विरोध भएको थियो ।
सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर स्वतः सरकार कामचलाउ बनेको अवस्थामा भ्रमण गर्न नहुने सुझाव थियो । ज्ञवालीले शुक्रबार बिहान हैदरावाद हाउसमा आफ्ना समकक्षी भेटेका छन् । साढे एघार बजे नेपाल-भारत संयुक्त अयोगको छैटौं बैठक बसेको थियो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया