एमसीसी अनुमोदनपछि अमेरिकाले भन्यो : ‘रोजगारी बढ्ने र विद्युत् तथा यातयात क्षेत्रमा खर्च घट्नेछ’

काठमाडाैँ – अमेरिकाले नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गतको ५० करोड अमेरिकी डलरको अनुदानप्रतिको आफ्नो प्रतिबद्धतालाई अनुमोदन गरेको फलस्वरुप नेपाली जनताका लागि थप रोजगारी सिर्जना हुने र विद्युत् तथा यातायात क्षेत्रमा खर्च घट्ने जनाएको छ ।
अमेरिकी राजदूत र्याण्डी बेरीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो बताएका हुन् । उनले झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएपछिा एमसीसी कम्प्याक्टहरुले लोकतान्त्रिक सिद्धान्तहरुको पालना पालना गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने लगायतका विभिन्न मापदण्डहरु पूरा गर्ने चुनिएका देशहरुलाई अनुदान उपलब्ध गराएर विश्वभर गरिबी निवारणमा मद्दत गरेको पनि उल्लेख गरेका छन् ।
बेरीले अर्काे एक ट्वीट गर्दै यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष भएको उल्लेख गरे । ‘हाम्रा दुवै देशमा महत्वपूर्ण परिवर्तनहरु हुँदा हामी नेपालको साथमा उभिएका छौं र यस क्रमलाई जारी राख्छौं,’ उनले ट्वीटमा भनेका छन् । नेपालको संसदले हिजो आइतबार एमसीसीलाई ‘व्याख्यात्मक घोषणा’ सहित पारित गरेको थियो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया