आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

आज फूलपाती भित्र्याइँदै

काठमाडौं : देशैभर आज फूलपाती भित्र्याइँदैछ । दसै‌ंको सातौं दिन सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती प्रवेश गराउने प्रचलन रहँदै आएको छ ।

फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि चहलपहल भने फूलपातीदेखि नै सुरु हुन्छ ।

शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । तर, यस वर्ष भने फूलपातीको रौनक कम हुनेछ । कोभिड-१९ महामारीका कारण मुलुकमा यस पटक दसैंको रौनक कम छ।