सेलेना खाली खुट्टा अवार्ड दिन गएपछि...

लसएन्जल्स - आइतबार साँझ बाँडिएको स्क्रिन एक्टर गिल्ड (साग)मा सेलेब्रेटी कोभन्दा को कम भएर समारोहमा पुगेका थिए । सेलेब्रेटीका थरिथरिका लुगा र पोजले दर्शकलाई मात्र होइन फोटोग्राफरलाई पनि लोभ्याएको थियो । यस्तै सेलेब्रेटीको भिडमा थिइन्, गायिका तथा अभिनेत्री सेलेना गोमेज ।
कालो गाउनमा समारोहमा पुगेकी सेलेनाको फेसनले ध्यान नतान्ने कुरै थिएन । समारोहमा सेलेना नोमिनीको रुपमा पनि थिइन् । हुलुमा सार्वजनिक भएको ‘वन्ली मर्डर्स इन दि बिल्डिङ’ बाट सेलेना पनि अभिनेत्रीको विधामा मनोनयनमा थिइन् ।
समारोहमा उनले सो फिल्मबाट अवार्ड त जितिनन् तर जित्नेलाई अवार्ड दिने भने स्टेजमा गइन् । तर अतिथि तथा फोटोग्राफर त्यतिबेला छक्क परे जब सेलेना स्टेज चढ्दा खाली खुट्टा देखिइन् ।
यसो त सेलेना पूरा अवार्ड समारोहमा नै खाली खुट्टा आएकी थिइन् । रेड कार्पेटमा हिँड्दासम्म सेलेना कालो ड्रेस सुहाउँदो हिलमा थिइन् । तर स्टेजमा चढ्दासम्म खुट्टाबाट हिल गायब थिए ।
खासमा रेड कार्पेटमा हिड्दै फोटोग्राफरलाई पोज दिने क्रममा सेलेना उनीहरुको अगाडि हिलमा अल्झिएर ढुनमुनिएकी थिइन् । पछि स्टेजमा चढ्दा पनि हिलले यसरी नै धोका नदिऊन् भनेर उनले हिल नै बहिष्कार गरेर अवार्ड बाँड्न पुगेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया