संसद् भवनअगाडि शंकास्पद बस्तु फेला

काठमाडौँ - संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा भवन नयाँ बानेश्वरअगाडी शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसार संसद् भवनअगाडि बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।
शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबर गरेको प्रहरीले जनाएको छ ।
गएराति संसद्बाट एमसीसी पारित भएपछि विप्लव नेतृत्वको नेकपासहितका दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । उनीहरूले नै शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तस्बिर: अनुज बज्राचार्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया