नेपालका ईट्टा भट्टामा गुड ब्रिक्स सिस्टम अपनाउँदै

काठमाडौँ - दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जे. बी. इको ब्रिक्स नेपालसँग नवीनतम तथा वातावारण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग पनि सम्झौता गरेको थियो ।
कृष्णमान भुजुले सञ्चालन गरिरहेको जे. बी. इको ब्रिक्सले हाल वार्षिक ५ करोड ईंट्टा उत्पादन गर्दै आएको छ । भक्तपुर, मकवानपुर र धादिङमा रहेका ईंट्टा भट्टाबाट जे बी इको ब्रिक्सले माटो पोलेर परम्परागत प्रविधिबाट ईंट्टा उत्पादन गर्दै आएको छ ।
जनशक्ति र कोइला अभाव भएपछि आफूले ईंट्टा उत्पादनको लागि विकल्प खोजिरहेको भुजुले अध्ययनको क्रममा गुड ब्रिक्स सिस्टम फेला पारेका थिए। जुन प्रविधिले पोल्नु नपर्ने गरि ईंट्टा उत्पादन गर्दछ । भुजुले भने ‘म इन्नोसिएसआरको प्रविधिसँग काम गर्न तत्पर छु, म आशा गर्छु कि इन्नोसिएसआर र जे. बी. इको ब्रिक्सको सहकार्यले नेपालको ईंट्टा उत्पादन उद्योगमा नयाँ आयाम आउने छ।’
कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्ति समेत अभाव हुँदा नेपालको ईंट्टा उत्पादन उद्योगलाई समस्या भइरहेको छ । गुड ब्रिक्स सिस्टमले यसको समाधान दिदै वातावरण मैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरि गुणस्तरीय ईंट्टा उत्पादन गर्दछ।
इन्नोसिएसआरले तयार पारेको गुड सोइल स्टेबलाइजर एउटा केमिकल हो, जसले अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा हुने गरि ईंट्टा मा माटो र सिमेन्टको पकड बनाउन काम गर्दछ । यस प्रविधि मार्फत हाइड्रोलिक मसिनको प्रयोग बाट उद्योग भित्रनै रहि हरेक सिजन ईंट्टा उत्पादन गर्न सकिन्छ। यसले हरेक ईंट्टामा समान गुणस्तर कायम हुन्छ । साथै यस प्रविधिमा परम्परागत ईंट्टा उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्छ भने ईंट्टालाई पोल्नु पर्दैन।

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया