आगामी २४ घन्टा युक्रेनका लागि महत्वपूर्णः जेलेन्स्की

किभ - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताए ।
टेलिफोन वार्तामा प्रधानमन्त्री जोनसनले रुसको अतिक्रमणपछि जेलेन्स्कीको नेतृत्वको प्रशंसा गरेका थिए । प्रधानमन्त्री जोनसनले बेलायत र उसका साझेदारहरूबाट युक्रेनलाई प्रदान गर्ने रक्षात्मक सहायता सुनिश्चित गर्न बेलायतले सक्दो प्रयास गर्ने बताएका थिए । दुई नेताबीच निकट सम्पर्कमा रहने समझधारीसमेत भएको छ ।
यसैबीच, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहरमा हमला गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो सेनाको परमाणु बललाई उच्च सतर्कता रहन निर्देशन दिएका थिए । उनले नेटोको “आक्रामक व्यवहारका सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया