पश्चिमी न्यून चापीय प्रणाली निष्क्रिय

काठमाडाैं - नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेकाे छ । आइतबार साँझसम्म याे प्रणालीकाे सामान्य प्रभाव रहे पनि साेमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंगलबार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया