‘प्यारासाइट’ निर्देशक भेनिसको मुख्य जुरी

लसएन्जल्स : कोरियन फिल्म ‘प्यारासाइट’ निर्देशब बङ जून होलाई भेनिस फिल्म फेस्टिभलले मुख्य निर्णायकमा नियुक्त गरेको जनाएको छ । फेस्टिभल निर्देशक अबलेर्टो बारबेराले बङले फेस्टिभलको मुख्य निर्णायक बन्ने आफूहरुकाे प्रस्ताव स्वीकार गरेको जनाएका छन् ।
‘७८ औं संस्करणको फेस्टिभलको सुखद खबर के छ भने बङले यो फेस्टिभलको जुरी प्रेसिडेन्ट हुन स्वीकार गरेका छन् । विश्व सिनेमामा बङ आज सबैभन्दा आधिकारिक र यथार्थपरक आवाज हुन्,’ बारबेराले भनेका छन् । बङ कोरियाबाट भेनिसको जुरीको नेतृत्व गर्ने पहिलो फिल्ममेकर हुन् । बङले पनि खबरको पुष्टि गर्दै सिनेप्रेमी बीच रहेर आफू विश्वका उत्कृष्ट सिनेमालाई तारिफ गर्न तयार भएको भएको प्रतिक्रिया दिएका छन् ।
‘म आशा र उत्सुकताले भरिएर त्यो दिनको प्रतीक्षा गरिरहेको छु,’ उनले भनेका छन् । भेनिसको नयाँ संस्करण सेप्टेम्बर १ देखि ११ सम्म आयोजना हुँदैछ । ‘प्यारासाइट’बाट पहिलो अस्कर जित्ने एसियाली निर्देशक बनेका बङले त्यसअघि ‘दि होस्ट’, ‘मदर’, ‘स्नोपाइसर’ ‘ओक्जा’ आदि फिल्म निर्देशन गरेका छन् । अस्करमा उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड जित्नुअघि फिल्मले कान्सको सर्वोच्च पुरस्कार पाम डी अर पनि जितेको थियो ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया