शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ : विसंखे

काठमाडौं - नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्ने बताएकी छन् । 

आइतबार साँझ प्रतिनिधि सभाको दोस्रो बैठकमा सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताइन्।

'हामी कसैबाट सहयोग वा  ऋण लिन सक्छौं’ उनले भनिन्, ‘तर कसैको दबाबमा होइन कसैले चुनौति दिएर होइन।’