शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

यी हुन् मन्त्रिपरिषद्ले पारित गरेका व्याख्यात्मक एमसीसीका १२ बुँदा

फाइल तस्वीर

काठमाडौं – सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक  प्रस्ताव पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक प्रास्तव पारित गरेको छ।

संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो । एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् । तर गठबन्धनकै कतिपय नेताले एमसीसीको पक्षमा मतदान गर्न नसकिने बताएका छन् ।