नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकियो

काठमाडौं : नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । शुक्रबार मध्यान्ह १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको बैठक करिब साढे चार बजे टुंगिएको हो ।
बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरेका हुन् । बैठकको सुरुमा भारतीय विदेशमन्त्री एस जयंशकरले सम्बोधन गरेका थिए । जयशंकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गरेका थिए । त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए ।
बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेन्डा तय गरेका छन् । एजेन्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो । बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा भएको थियो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया